१७ बैशाख २०८१, सोमबार

 

ग्लोबल आइएमई बैंकले धुलिखेल र मलंगवामा सञ्चालनमा ल्यायो नयाँ शाखा कार्यालय

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ।

बैंकले सर्लाहीको मलंगवा र काभ्रेको धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको बैकले जनाएको छ।नयाँ शाखाहरुबाट सोमबारदेखि नै सम्पुर्ण बैंकिङ सेवाहरु सुरु गरिएको छ।

बैंकले ११०० भन्दा बढी सेवा केन्द्रबाट ४६ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।बैंक देशको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

प्रतिक्रिया दिनुहोस्