१६ बैशाख २०८१, आईतवार

 

सिवाईसी नेपाल लघुवित्तको पाँचौ साधारणसभा सम्पन्न, संस्थाको अध्यक्षमा पुन: वरिष्ठ अधिवक्ता शर्मा

बागलुङ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ साधारणसभा आइतबार पोखरामा सम्पन्न भएको छ ।

साधारणसभाको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको मुख्य प्रबद्र्धक संस्था चार तारे युवा क्लब नेपालका अध्यक्ष चण्डी प्रसाद शर्माले गर्नु भएको छ । कार्यक्रममा चार तारे युृवा क्लब नेपालका अध्यक्ष चण्डी प्रसाद शर्मा, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका अध्यक्ष पद्यनाथ शमा, संस्था प्रबन्धक संचालक डोलेन्द्र प्रसाद शर्माले मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा संस्थाका अध्यक्ष वरिष्ठ अधिवक्ता पद्यनाथ शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष वरिष्ठ अधिवक्ता पद्यनाथ शर्माको अध्यक्षता, स्वागत प्रबन्धक संचालक डोलेन्द्र प्रसाद शर्माले संचालन कम्पनी सचिव प्रतिमा आचार्याले गर्नु भएको थियो । साधारणसभाले सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ संचालक समिति चयन गरेको छ ।

समिति वरिष्ठ अधिवक्ता पद्यनाथ शर्मा, डोलेन्द्र प्रसाद शर्मा, प्रा डा तरुण पौडेल, जीवन प्रसाद पौडेल, सृजना घिमिरे, सुमन धर्ती क्षेत्री रहेका छन् । संचालक समितिको पुष २९ गते बसेको बैठकले संस्थाको अध्यक्षमा पुन:  वरिष्ठ अधिवक्ता पद्यनाथ शर्मालार्ई सर्वसम्मत चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्