८ जेष्ठ २०८१, मंगलवार

 

गलकोट बहुमुखी क्याम्पसको सहयोगार्थ फागुन ६ गतेदेखि शैक्षिक ज्ञान महायज्ञ हुने

गलकोट । गलकोट बहुमुखी क्याम्पस श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञ गर्ने भएको छ ।  क्याम्पसले आगामी फागुन ६ गतेदेखि १३ गतेसम्म महायज्ञ गर्न लागेको मंगलबार  पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
कार्यक्रममा गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुकुन्द सिंह भण्डारीले गलकोट बहुमुखी क्याम्पस गलकोट क्षेत्रको एकमात्र उच्च शैक्षिक संस्था भएको र गलकोटको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥यायदै आएको बताउनुभएको छ ।
उहाँले गलकोट बहुमुखी क्याम्पसलाई गण्डकी प्रदेशकै नमुना क्याम्पस बनाउने उद्देश्यले शैक्षिक ज्ञान महायज्ञ सञ्चालन गर्न लागेको बताउनु भएको थियो । भण्डारीले पत्रकारहरुलाई शैक्षिक ज्ञान महायज्ञ सञ्चालन गर्नुपर्ने कारण, उद्देश्य र हालसम्मका प्रगति लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।
उक्त अवसरमा उपस्थित पत्रकारहरुले विद्यार्थीहरु वैदेशिक रोजगारीमा आकर्षित भइरहेको सन्दर्भमा क्याम्पसले शैक्षिक ज्ञान महायज्ञ सञ्चालन गरी विद्यार्थी आकर्षणका लागि कस्ता खालका कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ? विगतमा सञ्चालन गरिएको महायज्ञबाट संकलित रकम सकिन लागेर अर्को महायज्ञ सञ्चालन गर्न लागिएको हो वा होईन ?, महायज्ञमा २० करोड रकम संकलनको सुनिश्चितता कति रहेको ? र महायज्ञमा रकम बोल्ने तर रकम नदिने प्रवृत्तिलाई कसरी समाधान गर्ने ? लगायका विषयमा प्रश्न गरेका थिए ।
पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेका प्रश्न तथा जिज्ञासाको गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुकुन्दसिंह भण्डारी, गलकोट बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष घनश्याम शर्मा, गलकोट बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख देवेन्द्र बहादुर खत्री र गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रम गलकोट बहुमुखी क्याम्पस शैक्षिक ज्ञान महायज्ञ मूल समारोहका संयोजक  घनश्याम शर्माको अध्यक्षता, शैक्षिक ज्ञान महायज्ञ सूचना तथा सञ्चार उपसमितिका संयोजक वीर बहादुर चोखालको स्वागत र गलकोट बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख चुडामणी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
महायज्ञका लागि २६ उप समिति गठन
 महायज्ञ सञ्चालनका लागि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष घनश्याम शर्माको संयोजकत्वमा महायज्ञ मूल समारोह समिति निर्माण गरिएको छ भने महायज्ञ सफल बनाउन विभिन्न २६ वटा उपसमिति गठन गरिएको छ ।
महायज्ञका लागि रामप्रसाद शर्माको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, वीरेन्द्र कुमार श्रेष्ठको संयोजकत्वमा वैदेशिक समन्वय विभाग, मञ्जु शर्मा चालिसेको संयोजकत्वमा मातृशक्ति परिचालन उपसमिति, सुशिला भण्डारी संयोजकत्वमा फुलमाला व्यवस्थापन उपसमिति, फम बहादुर खत्रीको संयोजकत्वमा प्रचार प्रसार समिति, प्रनाथ श्रेष्ठको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति, पूर्णभद्र गौतमको संयोजकत्वमा पूजा व्यवस्थापन तथा ब्राह्मण परिचालन उपसमिति निर्माण गरिएको छ ।
राम बहादुर खत्रीको संयोजकत्वमा मण्डप निर्माण तथा सजावट उपसमिति, डा टंक चालिसेको संयोजकत्वमा प्राथमिक उपचार उपसमिति, देवेन्द्र बहादुर खत्री संयोजकत्वमा अतिथि आवास व्यवस्थापन उपसमिति, लाल बहादुर भण्डारीको संयोजकत्वमा खानेपानी आपूर्ति व्यवस्थापन उपसमिति, तिलक उप्रेतीको संयोजकत्वमा मूल्याङ्कन तथा अनुगमन उपसमिति, लाल बहादुर भण्डारीको संयोजकत्वमा आपूर्ति व्यवस्थापन तथा वस्तु संरक्षण उपसमिति, कृष्ण प्रसाद गौतमको संयोजकत्वमा चन्दादाता सम्मान तथा व्यवस्थापन उपसमिति, खिम साहनीको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति, राम बहादुर खत्रीको संयोजकत्वमा स्वंयसेवक परिचालन तथा सुरक्षा उपसमिति, गणेश सापकोटाको संयोजकत्वमा विद्यार्थी परिचालन उपसमिति, हर्क बहादुर पाण्डेको संयोजकत्वमा सांस्कृतिक व्यवस्थापन उपसमिति, टंक बहादुर केसीको संयोजकत्वमा स्वागत उपसमिति, धन बहादुर केसीको संयोजकत्वमा विद्युत आपूर्ति तथा व्यवस्थापन उपसमिति, पदम श्रेष्ठको संयोजकत्वमा मदिरा निषेधित उपसमिति, बुल बहादुर केसीको संयोजकत्वमा उत्प्रेरणा उपसमिति निर्माण गरिएको छ ।
देवेन्द्र बहादुर खत्रीको संयोजकत्वमा मुख्य अतिथि सत्कार उपसमिति, लोकेन्द्र गैरेको संयोजकत्वमा सूचना तथा प्रविधि उपसमिति, वीर बहादुर चोखालको संयोजकत्वमा  सूचना तथा सञ्चार सम्प्रेषण उपसमिति, राम बहादुर खत्रीको संयोजकत्वमा मन्दिर निर्माण तथा व्यवस्थापन उपसमिति, खिमनाथ गौतमको संयोजकत्वमा भक्तजन बसाई व्यवस्थापन उपसमिति, घनश्याम शर्माको संयोजकत्वमा कार्यकारिणी समिति, बीरबल श्रेष्ठको संयोजकत्वमा स्थानीय व्यवसायी समन्वय समिति, अर्जुन चोखलको संयोजकत्वमा राष्ट्रिय व्यवसायी समन्वय समिति, गोविन्द श्रेष्ठ संयोजक रहेको अन्तराष्ट्रिय व्यवसायी समन्वय समिति निर्माण गरिएको  श्रमिद्भागवत शैक्षिक ज्ञान महायज्ञ २०८० का सूचना अधिकारी चूडामणि शर्माले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्