६ जेष्ठ २०८१, आईतवार

 

ग्लोबल आइएमई बैंक पर्वत शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम

पर्वत । ग्लोबल आइएमई बैंक लिमिटेड पर्वत शाखाद्वारा आयोजनामा वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

आफ्ना सेवाहरुलाई डिजिटल प्रविधिमय बनाउदै सञ्जाल विस्तारमा समेत तीब्र ढंगले अघि बढेको ग्लोबल आइएमई बैंक प्रालिले शुक्रबार कुस्मा नगरपालिका वडा नम्बर ९ कटुवा चौपारीमा डिजिटल बैंकिङ सम्वन्धी कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमको स्वागत ग्लोबल आइएमई बैंक लिमिटेड बाग्लुङका प्रबन्धक हेमराज शर्माले गर्नुभएको थियो । कुस्मा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राम शर्मा लामिछानेको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रमको ग्लोबल आइएमई बैंकमा आवद्ध ग्राहक तथा आम सर्वसाधारणहरुलाई डिजिटल बैंकिङ्ग तथा वित्तिय साक्षरताबारे ग्लोबल आइएमई बैंक पर्वत शाखा द्कर्मचारी बाबुराम पौडेलले जानकारी गराउनु भएको थियो।

कार्यक्रममा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविड, क्रेडिट कार्ड, क्यूआर कोड पेमेन्ट, ट्राभल कार्ड, युज कार्ड, मिस्कल बैंकिङ्ग, कर्पोरेट पेलगायतका विषयमा जानकारी प्रदान गरिएको थियो ।कार्यक्रमको समापन ग्लोबल आइएमई बैंक प्रदेशका उपप्रमुख नारायणप्रसाद पौडेलले गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन पर्वत शाखा प्रबन्धक प्रकाश शर्माले गर्नुभएको थियो । कार्यक्रममा सहभागीबाट आएका प्रश्न तथा जिज्ञासाहरुको समेत जवाफ दिइएको थियो उक्त कार्यक्रममा विभिन्न सहकारी सदस्य, आमा समूह, विद्यालयका विद्यार्थी लगायतको सहभागिता रहेको ग्लोबलआइएमई बैंक पर्वत शाखा कर्मचारी राम लामिछाने जानकारी गराउनुभएको छ

 

प्रतिक्रिया दिनुहोस्