१६ बैशाख २०८१, आईतवार

 

मार्क जुकरबर्गलाई मनपर्ने तीन चर्चित भनाइ

काठमाडौं । फेसबुकका मालिक मार्क जुकरबर्गको निजी जीवन धेरैका लागि चासोको विषय हो । हुन त संसारका धनाड्य व्यक्तिहरूको निजी जिवन कस्तो हुन्छ होला भन्ने धेरैका लागि जिज्ञासा हुनु स्वभाविक पनि हो । त्यसैले यहाँ हामी तपाईंको मनमा उब्जिएका जिज्ञासालाई केही हदसम्म समाधान गर्ने गरी जुकरबर्ग बारे ६ तथ्यका विषयमा यहाँ जानकारी दिँदैछौ‌ ।

सामाजिक सञ्जालका राजा, वास्तविक जीवनमा एक्लो

मार्क जुकरबर्गले फेसबुक निर्माण गरेपश्चात मानिसहरू दैनिकीमा परिवर्तन आएको कुरा नकार्न सकिन्न । धेरै साथीहरू बनाउने, साथीहरूसँग कुराकानी गर्ने लगायत आफ्ना सामग्रीहरू शेयर गर्नका लागि फेसबुक राम्रो प्लेटफर्म हो । तर, अर्बौ मानिसहरूलाई जोड्ने प्लेटफर्म बनाएका जुकरबर्ग आफू भने एक्लो र गोप्य जीवन जिउन रुचाउँछन् । उनी आफै फेसबुकमा त्यति धेरै सक्रिय देखिँदैनन् ।

जुकरबर्ग आफ्नो व्यक्तिगत जीवनको बारेमा फेसबुकमा धेरै कुरा शेयर गर्दैनन् । यही कारण अन्तराष्ट्रिय सञ्चार माध्यम ‘दि न्यू योर्कर’ का जोस एन्टोनियोले विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जालका सीईओ जुकरबर्गलाई ‘लजालु र निजी’ व्यक्तिको रूपमा चित्रण गरेका छन् । त्यति मात्र होइन जुकरबर्ग पत्रकारसँग कुरा गर्न पनि मन पराउँदैनन् । त्यस्तै सार्वजनिक जमघटमा उनी खासै रमाउँदैनन् ।​

जुकरबर्गलाई मनपर्ने तीन चर्चित भनाइ

कुनै पनि मानिसलाई अरू कसैले भनेको कुराहरूले धेरै प्रेरित गर्ने गर्छ । धेरै मान्छेहरूको आ(आफ्नै मनपर्ने यस्ता भनाइहरू पनि हुन्छन् । जुकरबर्गको पनि जीवनलाई प्रेरित गर्ने खालका केही प्रिय भनाइहरू छन् जसलाई उनी सम्मान गर्छन् । ती भनाइ यसप्रकार छन्

भर्जिल एनेड : फर्चुन फेबर्स द बोल्डू (बलियोलाई मात्र भाग्यले साथ दिन्छ)

पाब्लो पिकासो : अल चिल्ड्रेन आर आर्टिस्ट। द प्रबलम इज हाउ टु रिमेन एन आर्टिस्ट वन्स यु ग्रो अपू (सबै बच्चाहरू एक कलाकार हुन्छन् तर ठूलो हुँदासम्म पनि उस्तै कलाकार कसरी बन्ने भन्ने कुरा चाहिँ मुख्य समस्या हो ।)

अल्बर्ट आइन्सटाइन : मेक थिङ्कस एज सिम्पल एज पोसिबल बट नो सिम्पलरू (कुनै पनि कुरालाई सकेसम्म सामान्य बनाउने कोसिस गर्नुहोस् तर धेरै सामान्य पनि होइन)

पुरात्तात्विक रुचि​

जुकरबर्ग न्यूयोर्कको डब्स फेरी भन्ने ठाउँमा हुर्केका थिए । उनले फिलिप्स एक्सेटर एकेडेमीबाट आफ्नो उच्च माध्यमिक तहको पढाइ पुरा गएका थिए । त्यहाँ रहँदा उनले ‘ल्याटिन’ भाषा अध्ययन गर्ने मौका पाए । यही बेलामा उनको आकर्षण पुरातात्त्विक अथवा पुराना ए‍ेतिहासिक कुराहरू प्रति बढ्दै गयो । फेसबुकको सुरुवात गर्नु भन्दा दुई वर्ष अघिसम्म उनी हार्वर्ड विश्वविद्यालयमा अध्ययनरत थिए । त्यसबेला उनी ‘द इलियड’ जस्ता महाकाव्यका पंक्तिहरु सुनाउँदै हिड्ने गर्थे ।

यसले उनको एउटा छुट्टै पहिचान पनि बनाएको थियो । यही कुराले प्रेरित भएर उनले क्लासिकल थिममा आधारित एउटा गेम समेत बनाएका थिए । उनले विकास गरेको सबैभन्दा पहिलो गेम पनि रोमन साम्राज्यमा आधारित थियो ।​

जुकरबर्गका उपनामहरू​

जुकरबर्गको विशेषगरी तीन उपनामहरू छन् । उनलाई उनका साथी र सहकर्मीहरुले ‘जुक’ भनेर बोलाउने गर्छन् । यो जुकरबर्गको ‘निकनेम’ अर्थात उपनाम हो । यो सँगै जुकरबर्गले अन्य उपनाम पनि कमाएका छन् । द वाल स्ट्रिट जर्नलका अनुसार उनकी आमाले उनलाई ‘प्रिन्सी’ भनेर बोलाउँथिन् । हार्वर्डमा रहँदा उनका साथीहरूले उनलाई ‘स्लेयर’ भनेर बोलाउँथे ।​

जुकरबर्ग रङ्गहरू छुट्टाउन सक्दैनन्

फेसबुकको ब्रान्ड कलर निलो हो । रिब्रान्डिङ गरेर कम्पनीको नाम मेटा राखे पनि उनले आफ्नो ब्रान्डको रङ्ग भने निलो नै राखेका छन् । जुकरबर्गलाई रङ्गअन्धोपनको ९रङ्ग पहिचान गर्न नसक्ने० समस्या छ । जुकरबर्गले रातो र हरियो रङ्ग सहजै छुट्याउन सक्दैनन् ।

यद्यपि उनी निलो रङ्ग भने राम्रोसँग पहिचान गर्नसक्छन् । यसैले उनको लागि ब्रान्डको रङ्ग छनोट गर्न त्यति गाह्रो भएन । यही कारण फेसबुकको लागि उनले निलो रङ्ग छनोट गरेका हुन् । जुकरबर्ग आफैले पनि निलो रङ्ग उनका लागि सबैभन्दा धनी रङ्ग भएको र उनी सबै निलो रङ्गहरू राम्रोसँग देख्न सक्छन् भन्ने अभिव्यक्ति दिने गरेका छन् ।​

जुकरबर्गले कहिले पनि बिक्री गर्ने छैनन् फेसबुक

​सन् २००४ मा फेसबुक सार्वजनिक भएपछि यसले मानिसहरूको कुराकानी गर्ने शैलीमा धेरै परिवर्तन ल्यायो । फेसबुक एकाएक चर्चामा आयो र यो धेरै मानिसहरूको लोकप्रिय प्लेटफर्म पनि बन्न पुग्यो । सन् २००४ मा बनेको फेसबुकलाई सन् २००६ मा नै याहुका पुराना सीईओ टेरी सिमेलले मोटो रकम तिरेर खरिद गर्न चाहेका थिए ।

उनले त्यो समयमा नै जुकरबर्गलाई एक अर्ब डलर रुपैयाँ प्रस्ताव गरेका थिए । त्यो समयमा यो रकम निकै नै ठूलो रकम थियो । तर, जुकरबर्गको लागि पैसा भन्दा ठूलो उनले बनाएको यो प्लेटफर्म थियो । फेसबुक आफ्नो बच्चा जस्तै भएकाले फेसबुक कहिले पनि बिक्री नगर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्