६ जेष्ठ २०८१, आईतवार

 

लायन्स क्लब अफ धौलागिरिद्वारा रुद्रेपिपल माविमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

बागलुङ । लायन्स क्लब अफ धौलागिरि, बागलुङको आयोजनमा बुधबार रुद्रपिपल माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम लायन्स क्लब अफ धौलागिरिद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । ग्रीन डेभलपमेन्ट बैंक बागलुङ शाखाको सहकार्यमा साक्षरता कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा कक्षा १० का ५५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बागलुङ नगरपालिकाका नगर शिक्षा प्रमुख धन प्रसाद पोख्रेल, ग्रीन डेभलपमेन्ट बैंक डाइरेक्टर कृष्ण शंकर श्रेष्ठ, रुद्रेपिपल माविका प्रधानाध्यापक राजेश श्रेष्ठ, लायन्स क्लबका कलष्टर चिफ ताल बहादुर कुँवरले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा लायन्स क्लबकी डिपार्टमेन्ट चिफ कविता बस्नेत र जोन चियर पर्सन निर्माण कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।

ग्रीन डेभलपमेन्ट बैंकका क्षेत्रीय प्रबन्धक हरि अधिकारी र बागलुङ शाखाका प्रबन्धक हेमराज शर्माले साक्षरता प्रदान गर्नु भएको थियो ।

पैसाको महत्व, बैंक खाताको आवश्यकता, बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र उचित प्रयोग, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकता, सुरक्षित रेमिट्यान्स प्रणालीलगायतका विषयमा साक्षयरता प्रदान गरिएको थियो।

कार्यक्रम लायन्स क्लब अफ धौलागिरि, बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षतामा, तृतीय उपाध्यक्ष शिव संकर साहको स्वागत र सचिव मनोज श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्