१६ बैशाख २०८१, आईतवार

 

नमस्ते सहकारीका प्रबन्धक सिजापति इन्टरपोलमार्फत कतारबाट पक्राउ

काठमाडौं । बचतकर्ताको रकम हिनामिना गरि फरार भएका नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक गणेश सिजापतिलाई कतारबाट पक्राउ गरिएको छ ।

सहकारी ठगी मुद्दाका अभियुक्त ३८ वर्षीय सिजापतिलाई इन्टरपोलमार्फत कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ।

सहकारी ठगीमा फरार रहेका नेपालगन्ज उपमहानगरपालिका – ४ गणेशपुरका सिजापति विरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो।

इन्टरपोलको सहयोग र कतार प्रहरीसँगको समन्वयमा उनलाई नेपाल ल्याइएको नेपाल प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्