१७ बैशाख २०८१, सोमबार

 

पञ्चकोटको ब्रम्हाण्डीय महायज्ञमा एनआरएनद्वारा एघार लाख सहयोग (तस्बिरहरु)

तस्बिर दिनेश जिसी

बागलुङ । बागलुङ पञ्चकोटमा अनन्तश्री ब्रम्हाण्डीय महायज्ञ बुधबारदेखि सुरु भएको छ । महायज्ञको गण्डकी प्रदेशका १ सय ९ जना कन्याले शुभारम्भ गरेका छन् ।

कार्यक्रममा पूर्वप्रधानन्याधीश गोपाल प्रसाद पराजुली, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, स्वामी देवाराजआचार्य, स्वामी पुरुषोत्तम आचार्य, संविधान सभा सदस्य गिता वाग्ले, एनआरएनका महासचिव सोम सापकोटा र महायज्ञका संरक्षक स्वामी कमलनयनाचार्यले मन्तव्य व्यक्त गरेका थिए ।

महायज्ञको पहिलो दिन एनआरएनका महासचिव सोम सापकोटाले एनआरएनको तर्फबाट पञ्चकोटको पूर्वाधार निर्माणको लागि आयोजना गरिएको महायज्ञको लागि एघार लाख एघार हजार एक सय एघार रुपैयाँको चेक प्रदान गर्नु भएको थियो ।

कार्यक्रम स्वामी कमलनयनाचार्यको अध्यक्षता, स्वामी कृष्ण प्रपन्नाचार्यको स्वागत र स्वामी सुदर्शन प्रपन्नाचार्यको संचालनमा सम्पन्न भएको थियो ।

फागुन २३ गतेसम्म संचालन हुने महायज्ञमा हरेक दिन विभिन्न राष्ट्रिय विषयमा सम्मेलन आयोजना गरिएको छ । १५ दिनसम्म संचालन हुने महायज्ञको पहिलो दिन जल, उर्जा, विकास तथा वातावरण विषयमा विभिन्न सरोकारवालाहरुबिच अन्तरक्रिया गरिएको छ ।

सो अवसरमा कालिगण्डकी सभ्यताको संरक्षण र जलविद्युत क्षेत्रको संम्भावनाको बारेमा चर्चा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्