२१ बैशाख २०८१, शुक्रबार

 

काठेखोला गाउँपालिकामा दादुरा रुबेला खोप अभियान फागुन १३ गतेदेखि

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा १ हजार ६ सय बढी बालबालिकालाई दादुरा रुबेला खोप लगाइने भएको छ ।

जन्मेको ९ महिनादेखि पाँच वर्षमुनिका करिव १ हाजर ६ सय ६६ जना बालबालिका दादुरा रुबेलाविरुद्धको खोप लगाउने तयारी गरिएको काठेखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सोमराज पाण्डेयले जानकारी दिनुभयो ।

नियमित रुपमा १५ महिनाका बालबालिकालाई मात्र लगाइन्थ्यो ।

काठेखोला गाउँपालिका स्वास्थ्य शाखा बागलुङले बिहीबार आयोजना गरेको दादुरा रुबेला खोप अभियान २०८१ र ०८१ गाउँपालिकास्तरीय खोप समन्वय समिति तथा सरोकारवालाहरुको लागि अभिमुखीकरण गोष्ठीमा शाखा प्रमुख पाण्डेले काठेखोला गाउँपालिका भित्र फागुन १३ गतेदेखि १५ गतेसम्म खोप लगाइने बताउनु भयो ।

उहाँले काठेखोला गाउँपालिकाका २१ वटा खोप केन्द्रबाट खोप लगाइने बताए ।

जन्मेको ९ महिनादेखि १५ महिनाभित्र लगाउने दुई डोजको खोप लगाएको भएपनि नलगाएको भएपनि अभियानमा पनि जोडिन लागिएको हो ।

दादुरा रुबेला रोग एक जनाबाट एक पटकमा १८ जनासम्ममा सर्ने भएकोले खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइकर राजु केसीले बताए ।

पछिल्लो समय तराइका जिल्लासहित बागलुङमा समेत संक्रमण देखिएपछि संक्रमण निवारण गर्न खोप अभियान चलाइएको खोप निरीक्षक केसीको भनाई छ ।

दादुरा रुबेला खोप अभियानको लक्षित उमेरका बालबालिकालाई दादुरा रुबेला खोप लगाएर दादुरा र रुबेला रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगबाट सङ्क्रमण हुनसक्ने सम्भावनालाई न्यूनीकरण गर्ने रहेको निरीक्षक केसीको भनाइ छ ।

अभिमूखीकरण कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापाले कुनै पनि बालबालिका नछुट्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

उपाध्यक्ष थापाले खोपलाई प्रभावकारी बनाउन सवैको साथ र सहयोगको आवश्यकता रहेको बताउँदै सवैले सहयोग गर्न आव्हान गरेका छन् ।

काठेखोला गाउँपालिका सामाजिक विकास समितिका संयोजक खड्क थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख पाण्डेयले गरेका थिए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु केसीले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्