१७ बैशाख २०८१, सोमबार

 

महिला समूहद्वारा २१ जना आमाहरूलाई सम्मान

काठमाडौं । बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहले आमाहरूलाई सम्मान गरेको छ । मंगलबार ७५ वर्ष उमेर पुगेका २१ जना आमाहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठ , उपाध्यक्ष डा स्वयंम श्रेष्ठ, बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी निर्वतमान अध्यक्ष विजया लक्ष्मी राजभण्डारी पूर्वअध्यक्ष निर्मला श्रेष्ठ ,संस्थापक अध्यक्ष चमेली शाक्य, बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी उपाध्यक्ष मन्दिरा श्रेष्ठ, महिला नेतृ सूर्य थापाले घर, परिवार र समाजको लागि त्याग र समर्पण गर्नु भएका आमाहरुलाई समूहले सम्मान गरेर सह्रानिय कार्य गरेको बताउनु भयो ।

कार्यक्रम बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठ अध्यक्षता र सचिव मन्जु राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

चमेली शाक्यको नेतृत्वमा २०६४ सालमा स्थापना भएको महिला समूहको ७१ लाख ८० हजारको कोष पुगेको छ । महिला समूह महिलाको नेतृत्वको विकासका साथै सामाजिक, मानविय, शैक्षिक, जनस्वास्थ्य र धार्मिक सेवामा समर्पित छ ।

प्रतिक्रिया दिनुहोस्