१६ बैशाख २०८१, आईतवार

 

ओशो अमृतम ध्यान केन्द्रद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

बागलुङ ।ओशो अमृतम ध्यान केन्द्र बागलुङले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

बागलुङ नगरपालिका-३ सामुदायिक सेवा केन्द्रमा शुक्रबार नाक, कान, घाँटी र छाला सम्बन्धि रोगको स्वास्थ्य परिक्षण गरिएको थियो ।

शिविर महिला हित बचत तथा ऋण सहकारी संस्था, नेपाल रेडक्रस सोसाइटी बानपा ३ उपशाखा, बागलुङ, सामुदायिक सेवा केन्द्र बानपा-३, बागलुङ र लायन्स क्लब अफ बागलुङ आवाजको सहकार्यमा आयोजना गरिएको महिला हित बचत तथा ऋण सहकारीकी अध्यक्ष लिला देवी खड्काले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

उक्त स्वास्थ्य शिविरमा २५५ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । शिविर मणिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोगमा आयोजना गरिएको ओशो अमृतम ध्यान केन्द्र बागलुङ सञ्चालिका ज्योस्ना शाक्य बताउनु भयो ।

उक्त स्वास्थ्य शिविरको लागि बागलुङ नगरपालिकाको स्वास्थ्य शाखा, श्रीकृष्ण मेडिको कन्र्सन, समानान्तर मेडिको फर्मा र देउराली जनता काठमाडौंले औषधी सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्