२८ बैशाख २०८१, शुक्रबार

 

सत्ता गठबन्धनका चार दलबीच ८ बुँदे सहमति

- राष्ट्रियसभा अध्यक्ष माओवादीलाई, उपाध्यक्ष एमालेले लिने

काठमाडौं । नयाँ सत्ता समीकरणका लागि चार दलबिच ८ बुँदे सहमति भएको छ । नयाँ सत्ता गठबन्धन बनाउन सहमत भएका चार दलस नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बीच ८ बुँदे सहमति भएको हो।

सो सहमतिअनुसार अहिले सरकारको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड ले गर्नेछन्।सोमबार बालुवाटारमा बसेको बैठकमा सो सहमति जुटेको हो।

राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई अझ प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका पक्षमा समान सोच राख्ने दलहरूका बिचमा सहकार्य आवश्यक रहेको महसुस गरी चार दलको संयुक्त सरकार गठन गर्ने निष्कर्षमा पुगिएको सहमतिपत्रमा उल्लेख छ ।

]यस्तै रिक्त रहेको राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमतिपत्रमा उल्लेख छ।

सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र रास्वपाका सभापति रवि लामिछानेले हस्ताक्षर गरेका छन् ।

IMG_page-0001

प्रतिक्रिया दिनुहोस्