३ जेष्ठ २०८१, बिहीबार

 

एकीकृत समाजवादीले दुई मन्त्रीका साथै एक राज्यमन्त्री पनि पाउने

काठमाडौं ।नयाँ सत्ता गठबन्धनमा गएको नेकपा एकीकृत समाजवादीले दुई मन्त्रीको साथै एक राज्यमन्त्री पनि पाउने भएको छ ।

बुधबार साँझ बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भएको सहमति अनुसार सो पार्टीले दुई मन्त्री र एक राज्यमन्त्री पाउनेगरी सहमति भएको छ।

मन्त्रिमण्डल विस्तारको अन्तिम समय गएको एकीकृत समाजवादीका तर्फबाट भानुभक्त जोशीले संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढाले सहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।२५ सदस्यीय मन्त्रीमण्डलमा चार जना राज्यमन्त्री बनाउन मिल्ने व्यवस्था रहेको छ ।

एकीकृत समाजवादीले तीन मन्त्री, एक वर्ष प्रधानमन्त्री र एक स्थानमा मुख्यमन्त्री लिने भनिए पनि बुधबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री र मुख्यमन्त्रीको बारेमा विषय प्रवेश नै नभएको जनाइएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्