१६ बैशाख २०८१, आईतवार

 

पातञ्जल योग समिति बागलुङद्वारा आयोजित योग शिविर सम्पन्न

बागलुङ । पातञ्जल योग समिति नेपालको आयोजना र माँ भद्रकाली सेवा समूह, बागलुङको संयोजनमा बागलुङ बजारमा आयोजना गरिएको निःशुल्क १५ दिनको योग शिविर शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रममा पातञ्जल योग समिति नेपाल रुपन्देही जिल्ला अध्यक्ष लता प्रधान, सत्य साई केन्द्र बागलुङ विजयश्याम राजभण्डारी र बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

योग शिविरमा पायोस नेपाल प्रदेश ५ का सदस्य दीपक प्रधान र पातञ्जल योग समिति नेपाल रुपन्देही जिल्ला अध्यक्ष लता प्रधानले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

कार्यक्रम पायोस नेपाल बागलुङकी अध्यक्ष सुन्दरी श्रेष्ठको अध्यक्षता, पायोस नेपाल प्रदेश ५ का सदस्य दीपक प्रधानको स्वागत र माँ भद्रकाली सेवा समूह, बागलुङकी सचिव निर्मला जिसी पन्तको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्