१६ बैशाख २०८१, आईतवार

 

प्रभु बैंक बागलुङ शाखाद्वारा डिजिटल बैंकिङ सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम

प्रभु बैंक बागलुङ शाखाको आयोजनामा डिजिटल बैंकिङ सम्बन्धी वित्तीय सारक्षरता कार्यक्रम सम्पन्न भएको छ । आफ्ना सेवाहरुलाई डिजिटल प्रविधिमय बनाउदै सञ्जाल विस्तारमा समेत तीब्र ढंगले अघि बढेको प्रभु बैंकले बागलुङ नगरपालिका वडा नम्बर ३ रातामाटा गाउँमा डिजिटल बैंकिङ सम्वन्धी कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकका वरिष्ठ अधिकृत दीपक शर्माले डिजिटल बैंकिङ सम्बन्धी जानकारी दिनु भएको थियो । कार्यक्रममा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविड, क्रेडिट कार्ड, क्यूआर कोड पेमेन्ट, ट्राभल कार्ड, युज कार्ड, मिस्कल बैंकिङ्ग, कर्पोरेट पे लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो ।
हाल बैंकिङ क्षेत्रमा बढ्दै गैरहेको वित्तीय अपराधलाई न्यूनिकरण गर्न यस्ता सारक्षरता कार्यक्रम आवश्यक रहेको प्रभु बैंक बागलुङ शाखाका प्रबन्धक सामर्थ उप्रतीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्