१६ बैशाख २०८१, आईतवार

 

धौलागिरि लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सिर्जना थापा

बागलुङ । बागलुङको धौलागिरि लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सिर्जना थापा चयन हुनु भएको छ ।

संस्थाको पाँचौं वार्षिक साधारण सभाबाट थापा निर्विरोध रुपमा अध्यक्ष चयन हुनु भएको हो ।

साधारणसभाले संस्थापक समूहबाट सुमन प्रसाद श्रेष्ठ, सिर्जना थापा, जिवन आचार्य र शालिकराम शर्मालाई चयन गरेको थियो ।

सर्वसाधारण समूहबाट २ जना निर्वाचिन गरेको हो । सर्वसाधारणबाट गणेश पौडेल र चेतनारायण सापकोटा सदस्य छन् ।

समितिमा निर्वाचित सदस्यहरुले थापालाई अध्यक्षमा चयन गरेका हुन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐ २०७३ अनुसार साधाण सभाबाट ६ र १ जना स्वतन्त्र संचालक समितिले नियुक्ति गर्नुपर्ने व्यवस्था बमोजिम १ जना नियुक्त गर्न बाँकी छ ।

थापाले पदभार ग्रहण गर्दै संस्थालाई नयाँ उचाइमा पु¥याउन पहल गर्ने बताउनुभयो । धौलागिरि क्षेत्रमा लघुवित्तको काम गर्दै आएको संस्थाले कार्यक्षेत्र विस्तार गर्दै गुणस्तरीय सेवा दिइरहेको छ ।

आदर्श संचारबाट

प्रतिक्रिया दिनुहोस्