३ श्रावण २०८३, आईतवार

 

नेपाल टेलिकम बागलुङको कार्यालय दैनिक १२ घण्टा खुला

बागलुङ । नेपाल टेलिकम बागलुङले बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्मै सेवा संचालनमा ल्याएको छ । फागुनको ८ गतेदेखि शनिबार र सार्वजनिक बिदाको दिन बिहान १० बजेदेखि ५ बजेसम्म र कार्यालय खुल्ने दिन ७ बजेदेखि बेलुकी ७ बजेसम्म सेवा संचालनमा ल्याएको हो ।

सेवाग्राहीको सिम कार्ड लिने र इन्टरनेट सेवाको काम र मर्मत सेवा जतिबेला पनि पर्ने भएपछि कार्यालयले सार्वजनिक बिदा भनेर कार्यालय बन्द नगर्ने भएको हो ।

न्युनतम एकजना प्राविधिक र एकजना प्रशासनिक कर्मचारी जुनसुकै बेला कार्यरत हुने गरी खटाइएको कार्यालय प्रमुख सन्तोष बरालले बताउनु भयो । टेलिफोन र इन्टरनेटको समस्या आए अव कोही रोकिनु नपर्ने र जानकारी पाउनासाथ प्राविधिक पुगेर तथा कार्यालयबाट पनि सेवा दिने बरालले जानकारी दिनु भयो।

फाइवर सेवामा अवरोध आउँदा तत्काल सेवा दिन नसकेमा उपभोक्तालाई असर पर्ने भएकोले यो सेवा थालिएको उहाले बताउनु भयो । ग्राहकको काउन्टर नियमित खुल्दा सेवाग्राहीले पनि सहजै सेवा पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung