१६ बैशाख २०८१, आईतवार

 

जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी केसीको सरुवा, विजय यादव आउने

बागलुृङ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले १ सय ४१ जना डिएसपीको सरुवा गर्दा बागलुङका प्रहरी नायव उपरीक्षक केसीको पनि सरुवा गरेको हो ।
केसीको लुम्बिनी प्रदेश प्रहरी गण कोहल्पुर, बाँके सरुवा भएको छ। बागलुङमा इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीमा कार्यरत विजय यादव आउनुहुने भएको छ ।

२०८० साल चैतदेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायव उपरीक्षकहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बागलुङमा रहदा केसीले जघन्य अपराधका घटना सफलतापुर्वक अनुसन्धान गर्न र लागुऔषधको नियन्त्रण तथा सचेतनामा प्रभावकारी भूमिका खेल्नु भएको थियो ।

आफ्नो बागलुङ वसाइको अवधिमा काम गर्दा सहयोग गर्ने सबैमा केसीले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

जिल्लामा रहदा आफ्नो विवेकले भ्याएसम्म राष्ट्र, राष्ट्रियता, नेपाल सरकार र नेपाल प्रहरीको हितमा काम गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्