१६ बैशाख २०८१, आईतवार

 

सांग्रिला डेभलपमेन्ट बैंक बागलुङद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

बागलुङ । सांग्रिला डेभलपमेन्ट लिमिटेडद्वारा बागलुङमा वित्तीय साक्षरता कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

सांग्रिला डेभलपमेन्ट बागलुङ शाखाको आयोजनामा बागलुङ नगरपालिका-३ मिलिजुलिस्थित आर्दश विद्यामन्दिर आवासिय माध्यमिक  विद्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

युवाहरुबीच वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यका साथ विश्वभर मार्च १८ देखि २४ सम्म मनाउन लागिएको ‘ग्लोबल मनि विक’ नेपालमा पनि राष्ट्र बैंकको संयोजनमा देशभर विभिन्न कार्यक्रमका साथ मनाइरहेको सांग्रिला डेभलपमेन्ट बागलुङ शाखाका प्रबन्धक श्रीजय श्रेष्ठले बताउनुभयो ।

विद्यालय तथा क्याम्पसमा अध्ययनरत युवा विद्यार्थीलाई वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले प्रदान गर्ने सेवाहरु, बैंकको महत्व, पैसाको महत्व, बचत तथा कर्जा, मोबाइल बैंकिङ, बैंकिङले प्रदान गर्ने सेवा सुविधा र तिनको प्रयोग, पैसाको सुरक्षा र उपयोगको बारेमा शाखाका प्रबन्धक श्रीजय श्रेष्ठले जानकारी दिनु भएको थियो ।

प्रविधिको विस्तारसँगै बैंकिङ सेवाहरू डिजिटल माध्यमबाट प्रवाह हुन थालेकाले यसको प्रयोगमा अभ्यस्त हुनुपर्नेमा सहभागिलाई प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रममा कक्षा ११ र १२ का ९५ जना भन्दा बढि विद्यार्थीको सहभागिता रहेको थियो ।कार्यक्रम सांग्रिला डेभलपमेन्ट बागलुङ शाखाका प्रबन्धक श्रीजय श्रेष्ठको अध्यक्षता, आदर्श विद्यामन्दिर आवासिय माविका प्रिन्सिपल भुपेन्द्र केसीको प्रमुख आतिथ्यता, बैंकका सहायक वन्दना पुनको स्वागत र वरिष्ठ सहायक अनिल मल्लको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्