२० बैशाख २०८१, बिहीबार

 

काठमाडौं मेडिकल कलेजले बागलुङका दुई स्थानमा निःशुल्क स्वास्थ्य शिविर गर्दै

बागलुङ । काठमाण्डौं मेडिकल कलेजको आयोजनामा बागलुङका दुई स्थानमा वृहत निःशुल्क शिविर संचालन हुने भएको छ । मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा बागलुङ नगरपालिका १४ नारायणस्थान र बडिगाड गाउँपालिकामा वृहत निःशुल्क शिविर संचालन गर्न लागिएको हो ।

मेडिकल कलेजका संचालक तथा प्रतिनिधि सभाका सदस्य डा सुनिल शर्माले बिहीबार बागलुङ बजारमा पत्रकार सम्मेलन गरेर स्वास्थ्य परीक्षण मात्र नभई अपरेशन सहितको सेवा संचालन गर्न लागेको जानकारी दिनु भयो । चैत २४ र २५ गते बागलुङको बडिगाड र नारायणस्थानमा शिविर संचालन हुने छ।

शिविरमा कलेजो प्रत्यारोपण र क्यान्सरको रेडियन बाहेक सबै उपचार सेवा प्रदान गर्ने शर्माले बताउनु भयो । शिविरमा संभव नभएका विरामीलाई अपरेशन समेत निशुल्क गरिने उहाँको भनार्य छ । शिविरका सम्पन्न गर्न २५ जनाभन्दा बढी विशेषज्ञ तथा चिकित्सक टोली आउने छन् ।

शिविरमा आउने बिरामीका लागि खाने तथा आउने जानेको व्यवस्थापन नेपाली कांग्रेस बागलुङका कार्यकर्ताले सहयोग गर्ने र उपचारको काम काठमाण्डौं मेडिकल कलेजले निःशुल्क गर्ने तयारी गरिएको छ । प्रतिनिधिसभाका सदस्य समेत रहेका कांग्रेस नेता डा। शर्माले शिविर हुने सबै स्थानमा कांग्रेसका नेता कार्यकर्तालाई स्वयंसेवकको रुपमा खटिन आग्रह गर्नु भएको छ ।

शर्माले गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदी र बागलुङ नगरपालिका( १४ को संयोजनमा नारायणस्थानमा र बडिगाड गाउँपालिकाको संयोजनमा बडिगाडमा शिविर गर्न लागेका हुन् । बागलुङ हुँदै रुकुम हिंडेका शर्माले चैत मसान्तभित्र गण्डकी प्रदेशका ५ जिल्लामा शिविर संचालन गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।

मेडिकल कलेजले यो अभियानमा गण्डकीका ५ वटा, लुम्बिनीको पूर्वि रुकुमका २ स्थानमा गरी ७ स्थानमा शिविर गर्न लागेको छ । ‘बेलाबेला मुटुको समस्या, मृगौला फेल भएको जस्ता समस्या लिएर आउनेहरु यो शिविरको पहुँचमा आउन गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले सुवेदीले बताउनु भयो ।

ग्रामीण क्षेत्रमा हुने अन्य शिविरभन्दा यो फरक भएको र शिविरमा जनरल मेडिसिन, हाडजोर्नी, छाला तथा यौन रोग, स्त्री तथा प्रसुती, नाक कान घाँटी रोग, सबै खाले शल्यक्रिया सेवा, मानसिक तथा नशा रोग, आँखा तथा दन्तरोग, मुटु र बालरोगको उपचार शिविरमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्