२० बैशाख २०८१, बिहीबार

 

बडिगाडमा निःशुल्क वृहत स्वास्थ्य शिविर हुँदै

बडिगाड । बडिगाड गाउँपालिकामा वृहत विशेषज्ञ स्वास्थ्य शिविर हुने भएको छ । गाउँपालिकाको वडा नं ५ स्थित खार माध्यमिक विद्यालयमा यही चैत्र २४ गते शिविर हुनेछ ।

आर्थिक रुपमा विपन्न नागरिकको स्वास्थ्यमा पहुँच अभिवृद्धि गर्ने उद्धेश्यले शिविरको आयोजना गरिएको नेपाली काँग्रेसबाट विजयी संघीय सांसद डा सुनिल कुमार शर्माले बताए ।

शिविरमा जनरल मेडिसिन, हाडजोर्नी तथा नशा रोग, छाला तथा यौन रोग, स्त्री तथा प्रसुति, नाक, कान, घाँटी, शल्यक्रिया, मानसिक तथा नशा रोग, आँखा तथा दन्त रोग, मुटु रोग र बाल रोगका विशेषज्ञ सेवा उपलब्ध हुने बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनु भयो ।

शिविरमा ईसीजी, भीडियो एक्सरे, ईका ९मुटुको परीक्षण० सुगर, यूरिक ऐसिड, गर्भवति परीक्षण र रगतको समुह जाँच समेत गरिने छ ।

बडिगाडमा हुने शिविरको आयोजना बडिगाड गाउँपालिकाले गरेको हो । शिविरमा काठमाडौं मेडिकल कलेजको डाक्टरहरु सहितको विशेषज्ञ सेवा र प्राविधिक सहयोग रहनेछ । शिविरको संयोजन गण्डकी प्रदेश सांसद जित शेरचनले गरेका हुन् ।

शिविरमा १९ जना विशेषज्ञ डाक्टरहरुको सहभागिता रहनेछ । ‘आर्थिक रुपमा विपन्न स्वास्थ्यमा पहुँच नपुगेका नागरिकको लागि यो शिविरको आयोजना गरिएको हो ।’ उनले भने(‘शिविरमा उपचार हुन नसक्ने रोगको लागि काठमाण्डौ मेडिकल कलेज काठमाण्डौमा उपचार गरिनेछ ।’

काठमाण्डौ मेडिकल कलेजमा औषधी र खान बस्न बाहेक सबै सुविधा निःशुल्क हुने उनको भनाई छ । एउटा शिविरमा २ हजार ५०० देखि ४ हजार जनासम्मले सेवा पाउने सांसद सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्