२० बैशाख २०८१, बिहीबार

 

आइएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । कम्पनीका सञ्चालक समितिको १८८ औँ बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको आइएमई लाईफ इन्स्योरेन्सले जनाएको छ ।

उनी यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख व्यापार अधिकृतको रूपमा क्रियासिल थिए । चौलागाईसँग बीमा क्षेत्रमा १८ वर्ष लामो कार्य अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्