१७ बैशाख २०८१, सोमबार

 

बागलुङको समृद्धिको लागि कालीगण्डकी करिडोर र कोरला नाका संचालन गर्नुपर्छ : अध्यक्ष ढकाल

बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङको समृद्धिको लागि कालीगण्डकीकरिडोर र कोरला नाका संचालन गर्नुपर्ने बताउनु भएको छ ।

मंगलबार नेपाल कै ऐतिहासिक चैते दशै मेलाको उद्घाटन गर्दै ढकालले यस्तो बताउनु भएको हो ।

बागलुङ पर्यटन क्षेत्रको प्रचुर सम्भावना भएको जिल्ला भएको र आवश्यक पूर्वाधार निर्माणमा सबै ध्यान केन्द्रीत गर्नु पर्ने बताउनु भयो ।

कालिका भगवती मन्दिर, कुँडुलेको सालग्राम संग्रालय, भैरवस्थान, पञ्चकोट धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यको रुपमा विकास भएको धारणा राख्नु भयो ।

बागलुङ कालिका मन्दिरले प्रसिद्धि कमाई सकेको र अव आन्तरिक तथा वाह्रय धार्मिक पर्यटकहरु आकर्षण गर्न योजनावद्ध कार्यक्रमको खाँचो रहेको बताउनु भयो ।

धार्मिक पर्यटनको हिसावले राम्रो सम्भावना हँुदा हुदै पनि पूर्वाधार विकास हुन नसकेकोले पूर्वधार विकासमा ध्यान केन्द्रीत गर्नु पर्ने ढकालको भनाई थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा प्रदेश मामिला तथा कानुन समितिका सभापति चम्पा देवी खड्का, नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काको अध्यक्षता, पूर्वअध्यक्ष राजु खड्काको स्वागत र उपाध्यक्ष निशान खड्काको संचालनमा सम्पन्न भएको थियो ।

चैत ३० गतेदेखि सुरु भएको ऐतिहासिक चैत्र दशैं मेला बैशाख ६ गतेसम्म संचालन हुने कार्यक्रम रहेको छ । मेलामा तीन लाख राशिको कालिका कप खुला भलिबल प्रतियोगिता , दुई लाख राशिको राष्ट्रिय दोहोरी गीत प्रतियोगिताका साथै राष्ट्रिय कलाकारको प्रस्तुति रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्