बाग्लुङ । बाग्लुङ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा जेष्ठ नागरिक समाजका गहना हुन् उहाँहरुलाई सम्मान गर्नु हाम्रो दायित्व हो भन्ने मूल नाराका साथ स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
बाग्लुङ नगरपालिका-९ को धुवाखोला सामुदायिक भवनमा र साविकै वडा नम्बर ९ कै सिस्न्या, सामुदायिक भवनमा आइतबार र सोमबार नागरिकहरूको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा बाग्लुङ नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी एवं स्थानीय स्वास्थ्य संस्थाको स्वास्थ्यकर्मीहरुबाट जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि समेत वितरण गरिएको छ ।
उक्त कार्यक्रममा जेष्ठ नागरिकहरूको सुगर परीक्षण पिसाबमा एल्बुमेन प्रोटिन र उच्च रक्तचाप जाँच गरिएको थियो।
शिविरमा १ सय १९ जना जेष्ठ नागरिकहरुलाई सेवा प्रदान गरिएको थियो । स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकहरूको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरेपछि उनीहरु धेरै खुशी देखिन्छन् ।



















































































































































































































