३ असार २०८१, आईतवार

 

राज्यका हरेक अंगमा महिलाको समान सहभागिता हुनुपर्छ : अध्यक्ष हमाल

बागलुङ । अखिल नेपाल महिला संघ जिल्ला समिति बागलुङको सातौं जिल्ला सम्मेलन बिहीबार सुरु भएको छ ।

सम्मेलनको उद्घाटनपछि बोल्दै अखिल नेपाल महिला संघका केन्द्रिय अध्यक्ष टुकाभद्र हमालले महिलालाई ३३ प्रतिशतमा सीमित नराखी समान सहभागिता हुनु पर्ने बताउनुभयो ।

उहाँले महिलाहरूको क्षमता अभिवृद्धि गरी राज्यका हरेक अंगमा समान सहभागितानै अनेम संघको प्रमुख माग रहेको बताउनुभयो।

नेपालमा ३३ प्रतिशत महिलाको सहभागिता रहने कानुनी व्यवस्था गरिए पनि यो सकारात्मक रहेको तर पूर्ण नरहेको बताउँदै हमालले महिलाका सन्दर्भमा आरक्षणको मात्र कुरा होइन, बराबरी प्रतिनिधित्वको कुरा रहेको र सिमित प्रतिशत सहभागितामा पनि नेतृत्वमा महिलालाई स्विकार गरेको अवस्था छैन अब महिलाहरुले क्षमता अभिवृद्धि गर्दै अघि बढ्नुको विकल्प नरहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय पोलिटब्युरो सदस्य मनकुमारी जिसी केसी, केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य गोविन्द बहादुर नेपाली, अनेमसंघ केन्द्रिय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज नरदेवी पुन, नेकपा एमालेका केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा, केन्द्रिय सदस्य सावित्रा राना, नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर के।सी, अनेमसंघ केन्द्रिय स्थायी कमिटी सदस्य भिमा अधिकारी, केन्द्रिय सदस्य ममता देवी शर्मा, मञ्जु चालिसे, अनेम संघ गण्डकी प्रदेश अध्यक्ष हिरा गिरी, अनेम संघ पर्वतका उपाध्यक्ष स्वस्थानी रिजाल, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका अध्यक्ष गंगा शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष लक्ष्मी बोहोराको अध्यक्षता, उपाध्यक्ष चित्राकला छन्त्याल श्रीसको स्वागत तथा उपसचिव कालिका सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

अखिल नेपाल महिला संघ जिल्ला समिति बागलुङको सातौं सम्मेलनले नयाँ जिल्ला कमिटी चयन गर्ने निर्वाचन समिति संयोजक श्याम थापा मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्