१५ बैशाख २०८२, सोमबार

 

५ दिने हाउस किपिङ र वेटर तालिम सम्पन्न

बागलुङ । बागलुङ नगरपालिका र होटल व्यवसायी संघ बागलुङको संयुक्त आयोजनामा आयोजित ५ दिने हाउस किपिङ र वेटर तालिम सम्पन्न भएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत आयोजित हाउस किपिङ र वेटर तालिम बिहीबार सम्पन्न भएको हो ।

५ दिनसम्म संचालन भएको तालिममा हाउस किपिङका बारेमा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रियङका थापा मगर, वेटरका बारेमा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेल पोखराका विमला थापाले प्रशिक्षण दिनु भएको थियो ।

नेपाल सरकारले दिएको सशर्त अनुदानतर्फ राष्ट्रपति महिला उत्थान कार्यक्रममा यो तालिम संचालन गरिएको र तालिमबाट दक्ष भएकाहरुलाई उद्यमी बन्ने अवसर सिर्जना गर्न पनि नगरपालिकाले काम गर्ने बताइएको नगर उपप्रमुख राजु खड्काले बताउनु भयो ।

समापन कार्यक्रममा होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारी, हाउस किपिङका प्रशिक्षक प्रियङका थापा मगर, वेटरका प्रशिक्षक विमला थापा, सहभागि सरस्वती सार्की, सुनिता परियार, प्रसिद्धा सापकोटा, राधा किसानले मन्तव्य व्यक्त गर्नु भएको थियो । तालिमा ४० जना सहभागि थिए ।

बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बागलुङ नगरपालिका महिला बालबालिका शाखा प्रमुख सरस्वती रेग्मीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung