४ श्रावण २०८३, सोमबार

 

बागलुङमा अवरुद्ध सडक खुलाउन सशस्त्र प्रहरी बलको सक्रियता

बागलुङ । सशस्त्र प्रहरी बल नेपालको टोलीले बागलुङका विभिन्न स्थानमा अवरुद्ध सडक खुलाएको छ ।

अविरल वर्षाका कारण असार २७ गते कालिगण्डकी करिडोरअन्तर्गत बागलुङ जिल्लाको बागलुङ नगरपालिका– १० डबल्याङ र मध्यपहाडी लोकमार्ग अन्तर्गत काठेखोला गाउँपालिका–६ बयलडाँडामा अवरुद्ध भएको सडक सशस्त्र प्रहरीले खुलाएको हो।

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाग्लुङको टोलीले अवरुद्ध सडक खुलाएको थियो । अहिले सो सडकमा यातायात सुचारु भएको छ ।

यसैगरी अविरल वर्षाका कारण पहिरोले बागलुङ नगरपालिका–३ तातोपानी भुनियाका ४५ वर्षीय मनमती बोहराको कच्ची घर भत्किन गई पुरिएको लत्ताकपडा तथा सरसामान सशस्त्र प्रहरी बल आश्रित गुल्म बागलुङको सुरक्षा फौजले निकालेको छ।

अविरल वर्षापछिको बाढीका कारण अवरुद्ध भएका भित्रि सडक खण्ड पनि सशस्त्र प्रहरीले खुलाएको छ ।

सडक खण्डका विभिन्न स्थानमा लेदो तथा पहिरो खसेर अवरुद्ध भएपछि सशस्त्र प्रहरी कमाण्डमा खटिएको टोलीले पहिरो पन्छाएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung