३ श्रावण २०८३, आईतवार

 

बिहुँकोट हेल्प नेटवोर्क युकेको पाँच औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा शिव कँडेल

बागलुङ । बागलुङ जिल्लाको बिहुँकोटबाट आएर बेलायतका विभिन्न शहरमा बसोबस गर्ने बिहुकोटेहरुले निर्माण गरेको बिहुँकोट हेल्प नेटवोर्क युकेको दशौ वार्शिक भेला तथा पाचौ महाधिवेशनले शिव कँडेललाई अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सोमबार बेलायतको ग्रान्थम शहरमा आयोजना गरिएको महाधिवेशनले कँडेलको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्माण गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा लिलाराम निउरे, उपाध्यक्षमा केशव कँडेल, राम प्रसाद कँडेल, महासचिवमा राजु कँडेल, सचिवमा मुक्ति कँडेल, कोषाध्यक्षमा यामलाल कँडेल चयन भएका छन् ।

साथै सदस्यहरुमा गङ्गाधर कँडेल,धनकुमारी निउरे ,सागर कँडेल, राजेन्द्र कँडेल, सुशिल कँडेल र सिता कँडेल चयन भएका छन् ।

कार्यक्रमको प्रमुख अथिति अमर माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक हरिप्रसाद कँडेलले बेलायतमा बसोबास गर्ने बिहुकोटेहरुको समाजको लागि गरेको योगदानको उच्च मुल्यान्कन गर्दै सधैभरी एकजुट भएर समाज सेवामा लाग्न आग्रह गर्नु भयो ।

साथै बिहुँकोट हेल्प नेटवोर्क युके संस्थापक अध्यक्ष तथा सल्लाहकार दयानिधी सापकोटाले नवनिर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना दिर्दै शिक्षा, जनस्वास्थ्य, मानविय र सामाजिक कार्यमा सक्रिय हुनु आग्रह गर्नु भयो ।

कार्यक्रममा बिहुकोट समाज जापानका पूर्व अध्यक्ष अशोक शर्मा गोपाल, ग्रान्थम नेपाली समाजका कमल भण्डारी, शान्ति नेपाली, समाजका प्रवक्ता डिएन खरेल , पूर्व सल्लाहकार फुल प्रसाद कँडेलले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सोही अवसरमा समुदायलाई विशेष योगदान पुर्याएको भनि सस्थापक अध्यक्ष दयानिधी सापकोटा , पूर्व अध्यक्ष प्रेम कँडेल, हरि माविका निर्वतमान प्रअ हरिप्रसाद कँडेल , एकाउन्टेट प्रकाश भट्टराई , बिहुकोट समाज जापानका पूर्व अध्यक्ष अशोक शर्मा गोपाललाई सम्मान गरिएको थियो ।

अधिवेशनमा महासचिव कुलपती न्यौपानेले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रमेश कँडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम बिहुँकोट हेल्प नेटवोर्क युके अध्यक्ष गङ्गा प्रसाद कंडेलको अध्यक्ष्यता, शिव कँडेलको स्वागत र महासचिव कुलपती न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा शान्ति नेपाली समाजका पन्चेबाजा र गायक सुशिला गौतमको बेजोड प्रस्तुती रहेको कार्यक्रम संयोजक छविलाल कँडेलले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung