बागलुङ । सशस्त्र प्रहरी बलको बागलुङ बजारस्थित आश्रित गुल्मको ५ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी बागलुङको सहकार्यमा १० जना जवानहरुलेले रक्तदान गर्नु भएको नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले नयाँ विश्वलाई बताउनु भयो । दिवसको उपलक्ष्यमा
गुल्मले साताव्यापी कार्यक्रम गरेर स्थापना दिवस मनाइरहको छ । गुल्मका जवानहरुले सामाजिक तथा धार्मिक स्थानमा समेत वृक्षारोपण र सरसफाइ कार्यक्रम गरेका छन् ।
आगामी भदौ २ गते सरोकारवालाबीच अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको सशस्त्र प्रहरी बल आश्रित गुल्मका प्रमुख प्रहरी नायव उपरीक्षक दिलबहादुर रायमाझीले बताउनु भयो ।
त्यसबाहेक सेनाले सामाजिक तथा धार्मिक स्थानमा वृक्षारोपण र सरसफाइ कार्यक्रम गरेको छ । आन्तरिक रुपमा खेलकुद प्रतियोगिता पनि सम्पन्न गरेको छ ।
पर्वतको कुश्मामा रहेको सशस्त्र प्रहरीले ५ वर्षअघि बागलुङमा गुल्म स्थापना गरेको थियो । सीमा सुरक्षा, दैवी प्रकोप र अन्य मानविय संकट परेको बेला सशस्त्र प्रहरी बलले जिल्ला सुरक्षा समितिको मातहतमा रहेर सह्रानिय कार्य गर्दै आएको छ ।















































































































































































































