
बागलुङ । टोकियोको कोमाए स्थित एक कम्बिनीयन स्टोरमा कार्यरत सरोज भुसालले जापानीज नागरिकलाई ठगीबाट बचाएको भन्दै जापान प्रहरीले प्रशंसा पत्र सहित सम्मान गरेको छ ।
भुसाल कार्यरत रहेको पसलमा आएका एक जना जापानीज नागरिकलाई ठगि समूहले तपाईको कम्प्युटरमा भाइरस पसेको छ यसलाई हटाउनको लागी ५० हजारको कार्ड किन्न लगाएकोले ती जापानीज नागरीक पसलमा गएका थिए ।
पसलमा गई कार्ड किन्न लाग्दा शंका लागेर भुसालले सोधेका थिए र ती जापानीज नागरिकले नचिनेको व्यक्तिले कम्प्युटरको भाइसर हटाउन कार्ड किन्न लगाएको बताएका थिए ।
ठगी केस हुन सक्ने भन्दै भुसालले प्रहरीलाई फोन गरेका थिए । प्रहरीले अनुसन्धान गर्दा ठगी केस पुष्टी भएको थियो ।
प्रहरीलाई खवर गरेर जापानीज नागरिकलाई ठुलो धनराशी क्षतीहुनबाट जोगाउँदै, ठगीजन्य अपराधिक क्रियाकलापलाई कम गर्न सहयोग गरेको भन्दै जापान प्रहरीले सम्मान गरेको हो।