४ श्रावण २०८३, सोमबार

 

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बागलुङको तीज विशेष कार्यक्रम गलकोटमा सम्पन्न

बागलुङ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बागलुङ जिल्ला समितिको बैठक तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गलकोट समितिले तीजको उपलक्ष्यमा दरखाने कार्यक्रम र शुभकामना आदान प्रदान कार्यक्रम गलकोट हटियामा सम्पन्न भएको छ ।

बैठकलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा इन्चार्ज बलावती शर्मा,जिल्ला समन्वय बागलुङका सदस्य हर्क पाण्डे, गलकोट नगरपालिकाका उपमेयर फमलाल निउरे, नेकपा माओवादी केन्द्र बागलुङका जिल्ला संयोजक राजिव घिमिरे,

प्रदेश कमिटिका सदस्यहरु शेरबहादुर खडका, टिका विक, जशोदा शर्मा, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बागलुङका संयोजक ललिता थापा, सहसंयोजक धनमाया शर्मा,सदस्य फुलमाया पुन, नेकपा माओवादी केन्द्र गलकोट पार्टी उपाध्यक्ष गंगा भुजेलले मन्तव्य व्यक्त गरेका थिए ।

बैठक अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गलकोटकी अध्यक्ष कौसिला घर्तीको अध्यक्षता, उपाध्यक्ष सरस्वती रेग्मीको स्वागत र सचिव मिना दर्जिको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung