३ श्रावण २०८३, आईतवार

 

बिहुँकोट समाज जापान कान्साईको तीज विशेष कार्यक्रम सम्पन्न

जापान । बिहुँकोट समाज जापान, कान्साईद्वारा आयोजित तीज विशेष कार्यक्रम जापानको ओसाकामा सम्पन्न भएको छ ।

हिन्दू महिलाको महान पर्व हरितालिका तीज अवसर पारेर सोमबार ओसाकामा तीज विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रवासमा रहेका नेपालीहरु व्यस्तताको बावजुत पनि उल्लेख्य सहभागिता रहेको थियो । नेपाली तिजका गित संगितमा नेपाली महिलाहरु रमाएका थिए ।

नेपाली कलाकारहरुको प्रस्तुतीले कार्यक्रम थप रौनकता थपेको थियो ।

कार्यक्रममा कलाकारहरु लोक दोहोरी गायक सूर्य खड्का, प्रेम सापकोटा सोनु, लक्ष्मी आचार्य बालकलाकार दिपिका कँडेल लगाएतका कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रम संयोजक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिनु भयो ।

समाजका अध्यक्ष बलबहादुर कडेंल क्षेत्री मुकेशको सभापतित्वमा भएको कार्यक्रममा समाजसेवी एवं विहुँकोट समाज जापानका संरक्षक दिपक सुवेदीको प्रमुख आतिथ्यता तथा समाजका केन्द्रीय उपाध्यक्ष प्रेम कडेलको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा समाजसेवीहरु अर्जुन भुषाल, तुलसीराम खरेल, आत्माराम गैरे, गैरआवासीय नेपाली संघ जापानका केन्द्रीय उपाध्यक्ष कृष्ण गैरे, सचिव दिलिप कँडेल, एनआरएन कान्साईका संयोजक हरि प्रसाद कडेंल, बिहुँकोट समाज जापानका अध्यक्ष दिपक कँडेल, उपाध्यक्ष टिकाराम कँडेल, गलकोट समाज कान्साईका अध्यक्ष नरबहादुर थापा, नेसाजका पूर्व अध्यक्ष कृष्ण भुषाल, नवलपुर समाज जापानका उपाध्यक्ष समुन्द्र पौडेल लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको कार्यक्रम संयोजक न्यौपानेले बताउनु भयो ।

कार्यक्रमको सहजिकरण समाजका कोषाध्यक्ष चेतनारायण कँडेल कृष्णले गर्नु भएको थियो भने सांगीतिक कार्यक्रमको उदघोषण कलाकार कुलविर थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung