
बागलुङ । सहकारी ठगी आरोपित देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत बागलुङले आदेश दिएको छ ।
१६ महिनादेखि इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख नेपालीलाई केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी) ले शनिबार भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।
इजालश अधिकृत ऋषिराम रिजालका अनुसार नेपालीको बयान सोमबारनै सकिएको थियो ।
मंगलबार थुनछेक बहसपछि जिल्ला न्यायाधिस रमेशकान्त अधिकारीको इजलाशले नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको रिजालले नयाँ विश्वलाई बताउनु भयो ।
भारतको दिल्लीबाट गत शुक्रबार पक्राउ परेका नेपालीलाई अनुसन्धानका लागि आइतबार मात्रै बागलुङ ल्याएको थियो ।
सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका ५२४ र बागलुङका एक हजार ५४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए।
सहकारीका बचतकर्ताको १ अर्ब ५४ करोड रुपैयाँ बचत रकम हिनामिना गरी २०८० जेठ ५ मा उनी बुर्तिबाङ बजारबाट सपरिवार फरार भएका थिए।
यस्तै उनीसँगै पक्राउ परेका ओम प्रसाद दर्जीलाई अदालतले रु एक लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ ।
तस्बिर : दिनेश जिसी