बागलुङ। जिल्ला प्रहरी कार्यालय बागलुङलाई सिवाईसी नेपालले कम्युटर सहयोग गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेललाई सिवाईसी नेपालका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलले कम्युटर हस्तान्तरण गर्नु भएको हो ।
सिवाईसी बचत तथा ऋण सहकारी सस्थाको १५ औँ समृद्धि दिवस तथा दशैंको शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा रु ९० हजारको कम्युटर उपलब्ध गराइएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कँडेलले समुदाय प्रहरी साझेदारी अन्तर्गत संघसंस्था र वित्तीय संस्थाहरूसँग प्रहरीले सहकार्य गरि रहेको र कम्युटर सहयोग गरेकोमा सिवाईसी नेपाललाई धन्यवाद दिनुभयो ।
सिवाईसी नेपालका अध्यक्ष पौडेलले जिल्ला प्रहरी कार्यालय बागलुङलाई कम्युटर सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रम सिवाइसी साकोसका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलको अध्यक्षता, उपाध्यक्ष सिता देवी सापकोटा कँडेलको स्वागत तथा सचिव ज्ञानेन्द्र राज पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।













































































































































































































