बागलुङ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन काठेखोला गाउँ समितिको तदर्थ समितिको संयोजकमा महेन्द्र लामिछाने सर्वसम्मत चयन हुनु भएको छ ।
शनिबार काठेखोला गाउँपालिका-१ करिनामा भएको पहिलो भेलाले लामिछानेको नेतृत्वमा एघार सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
समितिको सचिवमा गगन कुमार विश्वकर्मा, कोषाध्यक्षमा चान्सिङ श्रीष रहेका छन् । साथै सदस्यहरुमा देवीलाल राना, पुतली थापा, निर्मल गौचन, जगबहादुर राना, चुमान सिंह सुनार, झकबहादुर काउचा, नितु गुरुङ थापा र सुदिप कँडेल रहेका छन् ।
कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, उपाध्यक्ष गगनबहादुर पुन मगर, महासचिव तथा नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष गोकुल प्रसाद कँडेल र सल्लाहकार निर्मलबहादुर श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन काठेखोला गाउँ समितिले मंसिर २२ गते बागलुङ बजारमा हुन लागेको दोस्रो साधारणसभाको लागि चार जना प्रतिनिधि र दुई जना पर्यवक्षेक पनि चयन गरेको संयोजक महेन्द्र लामिछानेले जानकारी दिनुभयो ।













































































































































































































