१५ बैशाख २०८२, सोमबार

 

भारतीय सेना प्रमुख द्विवेदीले शुक्रबार प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै

बागलुङ। भारतीय स्थल सेनाका प्रमुख उपेन्द्र द्विवेदीले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएका छन् । उहाँहरुबिच दिउँसो २ बजेपछि भेटवार्ता तय गरिएको छ ।

द्विवेदीले आज प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् । उहाँले शुक्रबार नै रक्षामन्त्री मानवीर राईसँग पनि भेटवार्ता गर्दै हुनुहुन्छ ।

द्विवेदी ५ दिने नेपाल भ्रमणको लागि आउनु भएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले स्वागत गर्नु भएको हो ।

उहाँलाई आज राष्ट्रपति भवन शीतल निवासमा नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung