२ कार्तिक २०८३, आईतवार

 

उद्योग व्यापार संगठन बडिगाड गाउँ समितिको संयोजकमा तिलबहादुर खत्री

बागलुङ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बडिगाड गाउँ समितिको तदर्थ समितिको संयोजकमा तिलबहादुर खत्री सर्वसम्मत चयन हुनु भएको छ ।

शनिबार बडिगाड गाउँपालिकाको खौलारा बजारमा भएको पहिलो भेलाले लामिछानेको नेतृत्वमा तेह्र सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिको उपसंयोजकमा गणेश थापा, सचिवमा सन्तोष दर्लामी, कोषाध्यक्षमा दिपक विक्रम वन रहेका छन् ।

साथै सदस्यहरुमा ज्ञानबहादुर बराल,चन्द्र प्रकाश श्रीपाली,झमबहादुर राषकोटी, थमन माकिम, डोरबहादुर खड्का, वेलमती रोका, टिका थापा र माया बस्नेत कुँवर रहेका छन् ।समितिको सल्लाहकारमा नारायण घिताल, नरिश्वर घिमिरे, दर्शन कुँवर, टिपुरे सुनार रहेका छन् ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बडिगाड गाउँपालिकाका उपाध्यक्ष नरिश्वर घिमिर, नेकपा (माओवादी केन्द्र) बडिगाड गाउँपालिका सचिवालय सदस्य टिपुरे सुनार, नेकपा (माओवादी केन्द्र) बागलुङका संयोजक राजिव घिमिरे, नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखाल, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी,  महासचिव तथा नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष गोकुल प्रसाद कँडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बडिगाड गाउँ समितिले मंसिर २२ गते बागलुङ बजारमा हुन लागेको दोस्रो साधारणसभाको लागि चार जना प्रतिनिधि र दुई जना पर्यवक्षेक पनि चयन गरेको सचिव सन्तोष दर्लामीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung