१५ बैशाख २०८२, सोमबार

 

पूर्वमन्त्री लिलाबल्लभ अधिकारीले पाए क्लिनचिट, ११ जनालाई मुद्दा दायर

बागलुङ । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री एवं नेकपा (एमाले) का कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई मानव तस्करी प्रकरणमा मुद्दा नचलाउने सरकारी वकिल कार्यालयले गरेको छ।

सरकारी वकिल कार्यालय काठमाडौंले पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अन्य ११ जनालाई विपक्षी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

सरकारी वकिल कार्यालय काठमाडौँले जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र गोपाल भन्ने योगराज गौतमविरुद्ध मुद्दा दर्ता गरेको हो ।

फरार दिवाकरबाबु, विष्णुप्रसाद र गोपाललाई फरार प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको छ।

जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा पूर्वमन्त्री अधिकारीसहित चार जना युवाहरु कात्तिक ११ गते गएका थिए।

उहाँसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो। मन्त्रीअधिकारी पनि उनीहरूसँगै डिर्पोट भएर नेपाल फर्केपछि यो प्रकरण सार्वजनिक भएको थियो ।

गत कार्तिक २५ गते मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा पूर्वमन्त्री अधिकारीलाई प्रहरीले विराटनगरको बरगाछीस्थित निवासबाट पक्राउ गरेको थियो।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung