४ श्रावण २०८३, सोमबार

 

बागलुङ नगरपालिका–१ रामरेखामा लैगिंक हिंसा विरुद्धको कार्यक्रम

बागलुङ । बागलुङ नगरपालिका – १ रामरेखामा मंगलबार सचेतनामुलक ¥याली सहित लैगिंक हिंसा विरुद्धको कार्यक्रम गरी मनाइएको छ ।

बागलुङ नगरपालिकाले सबै वडामा लैगिंक हिंसा विरुद्धको कार्यक्रम सञ्चालन गर्ने योजना अनुसार प्लेकार्ड बोकेको ¥याली सहित वडा परिक्रमा गरी वडा कार्यालयमा कोण सभा गरी मनाइएको थियो ।

बागलुङ नगरपालिका–१ को आयोजना तथा नगरपालिकाको महिला तथा बालबालिका शाखाको संयोजनमा स्थानीय महिला समूह, सरोकारवाला निकाय, सरकारी तथा गैर सरकारी निकायको सहयोगमा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान मनाइएको वडा स्तरीय लैगिंक हिंसा निगरानी समितिको संयोजक टिका देवी बोहोराले जानकारी दिनुभयो ।

वडा कार्यालयबाट शुरु भएको ¥याली मध्यपहाडी लोकमार्ग–गंगापथदेखि कालिका टोल–बाङ्गेचौर हुँदै वडा कार्यालयमा आएर कोण सभामा परिणत भएको थियो ।

कार्यक्रमको उद्घाटन रामरेखाका पूर्व वडा अध्यक्ष केवी राना मगरले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मगरले लैगिंक हिंसा विरुद्धको अभिान घरबाटै शुरु गर्नुपर्ने बताउनुभयो ।

उहाँले अभियानलाई दीगोपना दिदै घरबाटै लैगिंक हिंसा अन्त्य हुन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि समाजसेवी महेन्द्र आचार्यले लैगिंक हिंसा विरुद्धको अभियाको विषयमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको विषयमा महिला तथा बालबालिका शाखा अधिकृत रचना आचार्यले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा हरियाली पार्क आमा समूहका अध्यक्ष कालिका कँडेल, समाजसेवी महेन्द्र आचायर्, वडा सदस्य कृष्ण कार्की लगायतले लैगिंक हिंसा विरुद्धको विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम वडा अध्यक्ष जयबहादुर केसीको अध्यक्षता, वडा सदस्य तथा बालमैत्री फोकल पर्सन शान्ति देवी शर्माको स्वागत तथा वडा सचिव गंगा देवी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung