बागलुङ । नेपाल उद्योग व्यापार महासंघ बागलुङको दोस्रो साधारण सभाको अवसरमा बागलुङका दश जना उद्योगी व्यवसायी सम्मानित भएका छन् ।
शनिबार दश जना उद्यागी व्यवसायीलाई उद्योग व्यापार महासंघ बागलुङले सम्मान गरेको हो । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री, पूर्वगृहमन्त्री जनार्दन शर्मा, नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमलाल भण्डारी र महासचिव खिमनारायण भण्डारीले उहाँहरुलाई सम्मानपत्रका साथ दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो ।
उद्योग व्यापार महासंघ बागलुङबाट सम्मानित हुनेमा बागलुङ नगरपालिका-३ का पुस्तक व्यवसायी तथा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका संस्थापक अध्यक्ष लालचन्द्र राजभण्डारी, बागलुङ नगरपालिका-८ का फलफुल तथा तरकारी व्यवसायी टोपबहादुर खड्का, बागलुङ नगरपालिका-२ का फेन्सी तथा कपडा व्यवसायी मनोविज्ञान श्रेष्ठ, बागलुङ नगरपालिका-२ का होटल व्यवसायी अर्जुन चोखाल, ढोरपाटन नगरपालिका-८ बोबाङका कृषक होमबहादुर भुषाल, बागलुङ नगरपालिका-२ का होटल व्यवसायी कविता बस्नेत, बागलुङ नगरपालिका-४ का फर्निचर उद्योगी सरिता गौतम, बडिगाड गाउँपालिका-६ भिमगिठेका उद्यमी लक्ष्मी केसी, बागलुङ नगरपालिका-२ श्रीनगर टोलका हार्डवयेर व्यवसायी चुडामणि सापकोटा र काठेखोला गाउँपालिका-८ लेखानीका उद्योगी चाङसिंह श्रीस रहेका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री, पूर्वगृहमन्त्री जनार्दन शर्मा, नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमलाल भण्डारी, महासचिव खिमनारायण पराजुली, नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा गलकोट नगरपालिकाका उपमेयर फमलाल निउरे, जिल्ला प्रशासन कार्याल बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी, नेकपा माओवादी केन्द्र बागलुङका संयोजक राजिव घिमिरे र बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका महासचिव गोकुल प्रसाद कँडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष मनकाजि विश्वकर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता तथा स्वागत, उपाध्यक्ष प्रकाश पौडेलको धन्यवाद र महासचिव गोकुल प्रसाद कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।















































































































































































































