बागलुङ । नेपाल कै प्रसिद्व धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर अन्तर्गत कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले आफ्नो नियमित कार्यक्रम अन्तर्गत मंसिर महिनाको हिसाब किताब सार्वजनिक गरेको छ ।
कालीका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको नियमित बैठकले कालिका भगवती मन्दिरमा मंसिर महिनामा कुल आम्दानी २९ लाख १२ हजार ६ सय ९० रूपैयाँ भएकोमा खर्च १४ लाख ३७ हजार ३९ रूपैयाँ भइ १४ लाख ७४ हजार ६ सय ५१ रूपैयाँ बचत भएको आम्दानी खर्चको हिसाबकिताब सार्वजनिक गरेको हो ।
कालीका गुठीको मंसिर महिनामा कुल आम्दानी २९ लाख ११ हजार ६ सय ९० रूपैयाँ गरेको छ ।
कालिका भगवती मन्दिरमा भक्तजनहरूले समर्पण गरेको भेटीबाट १७ लाख ८ हजार ६ सय ४०, चामल बिक्रीबाट ३५ हजार १, सय बोकाबाट १ लाख २ सय ५० रूपैयाँ, कुखुराबाट ७ हजार ६ सय, रूपैयाँ राँगोबाट २ हजार , सटर भाडा ३ लाख ९ हजार ५ सय ४०, विवाहबाट १० हजार ५ सय पिकनिकबाट १ हजार ,आर्थिक सहयोग ४३ हजार २ सय १० रूपैयाँ ,परेवा बिक्रीबाट ६ लाख ५४ हजार ७ सय ५० रूपैयाँस ब्रतबन्धबाट ९ सय रूपैयाँ ,पण्डित बाट १८ हजार ४ सय आम्दानी भएको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।
कालिका भगवती मन्दिर ब्यवस्थापन समिति अन्तर्गत मंसिर महिनामा १४ लाख ३७ हजार ३९ रूपैयाँ खर्च भएको जनाएको छ ।
कर्मचारीहरूको तलवमा ४ लाख ५ सय, बिजुलीमा ३५ हजार ९ सय ३०,पूर्वाधार विकासमा ५ लाख २८ हजार ६ सय ९८ रूपैया, पुजा खर्च ५५ हजार, पोशाकमा ५३ हजार, विज्ञापन खर्च ६ हजार, मेसिन तथा उपकरण २८ हजार ,खाद्यान्न र आवासमा ७८ मर्मत संभार
१७ हजार यातायात तथा भ्रमण १ लाख ३ हजार ८ सय रूपैयाँ खर्च भएको कालिका गुठीले जनाएको छ ।
मंसिर महिनामा कुल आम्दानी २९ लाख ११ हजार ६ सय ९० रूपैयाँ भएकोमा खर्च १४ लाख ३७ हजार ३९ रूपैयाँ भइ १४ लाख ७४ हजार ६ सय ५१ रूपैयाँ बचत भएको गुठीले जनाएको छ ।
धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिरमा आउने धार्मिक पर्यटक भक्तजन बढ्दै गएसँगै मन्दिरको आम्दानी समेत बढ्दै गइरहेको कालीका भगवती गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रमेश खड्काले बताए ।







































































































































































































