
बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत प्रहरी नायव निरीक्षक गणेशबहादुर केसीको सोमबार विदाई गरिएको छ ।
जिल्ला कार्यालय बागलुङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले केसीलाई एक कार्यक्रमबिच अवकाश पत्र र मायाको चिनो प्रदान गर्नु भएको हो ।
विसं २०५१ सालमा नेपाल प्रहरीको सेवा प्रवेश गर्नु भएको केसीको उमेर हदका कारण अनिवार्य अवकाशमा जानु भएको हो ।
प्रहरी सेवामा इमान्दार र कर्तव्यपरायण भएर कार्य गरेका केसीको थप प्रगति र उन्नतीको कामनासहित विदाई गरिएको प्रमुख प्रहरी उपरीक्षक कँडेलले नयाँ विश्वलाई बताउनुभयो ।