काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बाल अमृत बिमालेखअन्तर्गत बाल अमृत– ४ सावधिक बिमालेख बजारमा ल्याएको छ ।
जुम मिटिङ मार्फत जोडिएका कम्पनीका सबै प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारीहरु, वरिष्ठ अभिकर्ताहरुका साथै केन्द्रिय कार्यालयका विभागिय प्रमुखहरु सम्मिलित एक समारोहका बिच प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले यस बिमालेखको समुद्घाटन गर्दै विगतमा पनि अभिकर्ता तथा बीमित वर्गहरुले अत्यन्तै रुचाएको बाल अमृत बिमालेखलाई अझ बढि परिष्किृत गरी बाल अमृत सावधिक बिमालेख – ४ योजना प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुशी लागेको र बाल बच्चाको सुमधुर भविष्यसंग सम्वन्धित यो योजना कम्पनीकै एक अब्बल योजना रहेको बताए ।
यस बिमालेख योजनाका विशेषताहरुका सम्बन्धमा बजार विभाग प्रमुख विवेक शर्माले यस बिमालेखमा बिमितको प्रवेश उमेर न्यूनतम १ महिना ३०० दिन र अधिकतम १५ वर्ष, प्रस्तावकको उमेर न्यूनतम २० वर्ष र अधिकतम ५० वर्षसम्म रहने प्रावधान रहेको बताए ।
यस बीमालेखमा प्रस्तावकको रुपमा बुवा, आमा वा कानुनी संरक्षक हुनुपर्नेछ ।
बिमांक रकम न्यूनतम १ लाख र अधिकतम आयश्रोतको आधारमा ५० लाखसम्म लिन सकिने यस बिमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुन्छ र बीमाशुल्क मासिक, त्रैमासिक अर्धबार्षिक र बार्षिकरुपमा बुझाउन सकिने व्यवस्था गरेको छ ।
यसैगरी यस बिमालेख योजनामा अधिकतम बिमा समाप्ती उमेर ७० वर्ष रहेको छ साथै चुक्ता मूल्य, ऋण, समर्पण मूल्य र आयकर छुट लगाएतका अन्य सुविधहरु पनि यस बिमालेखमा रहेको जानकारी दिए ।
यस बिमालेखलाई प्रवद्र्धन गर्ने उदेश्यले बिमित तथा अभिकर्ताहरुका लागि बिमालेख आरम्भ सप्ताह प्रोत्साहन योजना पनि लागू गरिएको बताए ।
साथै उनले सम्पुण अभिकर्ता, बिमित र कम्पनीका शुभेच्छुकहरुले कम्पनीको मोवाईल एप्स, वेब साईट र नेपालभर रहेको जुन सुकै शाखा कार्यालयहरुमा गएर पनि यस सम्वन्धि विस्तृत जानकारी लिन सकिने व्यवस्था गरिएको जानकारी दिए ।
















































































































































































