२० भाद्र २०८३, शनिबार

 

युनाइटेड अजोड इन्स्योरेन्सको डीसीईओमा रेना रिजाल नियुक्त

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीकी उप-महाप्रबन्धक (डीजीएम) रेना रिजाल यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्ने भएकी छिन् । रिजाल बसन्त पश्चमीदेखि ओपचारिक रूपमा यूनाइटेड अजोडमा आबद्ध हुँदै छिन्।

इन्स्योरेन्समा विगत ५ महिनादेखि डीसीईओको पद खाली रहेको छ । तत्कालीन डीसीईओ नवीन सुवेदीले गत भदौ २८ गते राजीनामा दिएर कम्पनीबाट बाहिरिएसँगै कम्पनीमा डीसीईओको पद रिक्त भएको थियो ।

बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०८० अनुसार कुनै पनि बीमा कम्पनीमा डीसीईओ रिक्त भएको ३ महिनाभित्र पदपूर्ति गरिसक्नु पर्दछ । निर्देशिकाको दफा २८ को उपदफा ३ मा डीसीईओ पद रिक्त भएको ३ महिनाभित्र परिपूर्ति गरिसक्नु पर्ने उल्लेख छ । तर, कम्पनीले डीसीईओ पद रिक्त भएको ५ महिनासम्म पनि पदपूर्ति गरेको थिएन ।

२०५७ सालमा तत्कालीन एभरेष्ट इन्स्योरेन्समा अफिसरको रूपमा काम सुरु गरेकी रेनाले ९ वर्षपछि कुमारी बैंकमा आवद्ध भइन् । उनी कुमारी बैंकमा सहायक प्रवन्धक पदमा आवद्ध भएकी थिइन् ।

११ वर्ष काम गरेरपछि उनी कुमारी बैंकबाट बाहिरिइन् । कोभिडको समय भएकाले केही समय उनले विश्राम लिइन् । करिब ४ वर्ष अघि उनी फेरि बीमा क्षेत्रमा नै कमब्याक भइन् । करिब ४ वर्षअघि तत्कालीन सानिमा इन्स्योरेन्समा उप महाप्रवन्धक पदमा आवद्ध भएकी रेना सानिमा र जीआईसी मर्ज भएपछि बनेको कम्पनी सानिमा जीआईसीमा पनि उनी सोही पदमा थिइन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung