बागलुङ । नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङले ४३ औं मगर दिवसको अवसरमा आयोजना गरेको लखन कप खुला वडास्तरीय भलिबलको उपाधि ए एण्ड ए मार्ट गलकोटले जितेको छ । गलकोट नरेठाँटीको उक्त टिमले पकुवा भलिबल पर्वत कुस्मालाई सोझो सेटमा पाखा लगाउँदै लखक कप भलिबलको उपाधि जितेको हो ।
पहिलो सेट २५ (२२ ले जितेको नरेठाँटीले दोस्रो २६(२४ ले जित्यो । तेस्रो सेटको प्रतिस्पर्धा २१(१९ को स्थीतिमा चलिरहँदा पकुवा भलिबले रेफ्रीको निर्णयप्रति असहमति जनाउँदै खेल वाक ओभर दियो । उपाधि नरेठाँटीले जित्यो ।
उपाधि जितेको नरेठाँटीले नगद ८१ हजार एक सय ८१ रुपैयाँ मेडल ट्रफी र प्रमाणपत्र जितेको छ । दोस्रो स्थानमा चित्त बुझाएको पकुवा भलिबलले नगद ४१ हजार एक सय ४१ रुपैयाँ मेडल ट्रफी र प्रमाणपत्र पाएको छ ।
बिहीबार बिहान भएको सेमिफाईनल खेलमा नरेठाँटीले तंग्राम भलिबल र पकुवा भलिबलले अनुशा एण्ड स्मीत रेष्टुरेन्टलाई पराजित गर्दै फाईनल यात्रा तय गरेका थिए ।
उक्त अवसरमा आयोजना गरिएको पुरुषतर्फ छेलो फाल्ने प्रतियोगितामा दुजिक थापा मगर प्रथम र बलबहादुुर आले द्वितीय भएका छन् । उक्त प्रथम पुरस्कार नगद ८ हजार र द्वितीय पुरस्कार नगद ४ हजार थियो ।
महिला छेलोतर्फ भिममाया पुन प्रथम र विष्णु पुन द्वितीय भए । महिला तर्फ प्रथम पुरस्कार नगद पाँच हजार र द्वितीय पुरस्कार नगद पच्चीस सय थियो । महिलातर्फ रस्साकस्सी प्रतियोगितामा विष्णु पुनको समुह प्रथम र बडिगाड द्वितीय भए ।
महिला रस्साकस्सी प्रथम पुरस्कार नगद चार हजार र द्वितीय पुरस्कार नगद दुई हजार थियो । पुरुषतर्फ रस्साकस्सीमा भगवती रोड समुह प्रथम र कुलबहादुर रानाको समुह द्वितीय भएका थिए । प्रथम समुहले नगद ५ हजार र द्वितीयले नगद तीन हजार प्राप्त गरे ।













































































































































































































