
बागलुङमा स्थापना भएको स्मृति चौतरी मासिकले साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । शनिबार बागलुङ बजारमा सम्पन्न कार्यक्रममा साहित्यिक श्रृष्टाले कविता वाचन गरेका छन् । साहित्यक क्षेत्रलाई प्रोत्साहन गर्ने र युवाहरुलाई साहित्यिक क्षेत्रमा आकर्षण गर्ने उद्देश्यले प्रत्येक महिनाको अन्तिम शनिबार स्मृति चौतारी गरिँदै आइएको छ ।
आज भएको कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी स्मृति पाहुना बन्नुभएको छ । यस्तै कार्यक्रममा साहित्यकार मोहनबहादुर मल्लको बारेमा चर्चा गरिएको छ । आज भएको कार्यक्रममा रामप्रसाद शर्माको कविता उत्कृष्ट घोषित गरिएको स्मृति चौतारीका अध्यक्ष गुणराज पौडेलले जानकारी दिए ।