१५ बैशाख २०८२, सोमबार

 

नेपाल इन्स्योरेन्सले बोलायो साधारणसभा, १५.७९ प्रतिशत लाभांश पारित गर्ने

बागलुङ । नेपाल इन्स्योरेन्सले चैत १९ गते वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद गरी १५/७९ प्रतिशत लाभांश वितरण प्रस्ताव साधारणसभाको एजेन्डामा राखेको छ।

यस्तै, आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्तिलगायत विषयमा पनि एजेन्डाका रुपमा रहेका छन्।

कम्पनीले साधारणसभा प्रयोजनार्थ चैत ७ गते बुक क्लोज गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung