३ श्रावण २०८३, आईतवार

 

निजी क्षेत्रलाई सरकारले सघाउन थाल्यौ : चन्द्रप्रसाद ढकाल

बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षमा चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई राज्यले प्रोत्साहन गर्न थालेको बताउनुभयो ।

बागलुङ उद्योग वाणिज्य संघको ६१ औँ वार्षिक साधारणसभा समारोहलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ढकालले पछिल्लो समय केही भएन भन्ने मानसिकता त्याग्न आग्रह गर्नुभएको छ ।

बागलुङमा कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गका कारण संभावनाको ढोका खोलेको भन्दै पर्यटन र जलविद्युतबाट बागलुङलाई समृद्ध बनाउन सकिने उहाँको भनाई छ ।

बागलुङमा पछिल्लो समय पर्यटकीय गतिविधि बढेकाले गृह जिल्लामा सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको बताउनुभयो ।

“केही भएन भन्ने मानसिकता त्यागौं, अहिले संभावनाको पहिचान गर्ने समय हो, लगानीको समस्या छैन, अहिले रकमको समेत अभाव छैन, तर नकरात्मक मानसिकता हटाउन आवश्यक हुन्छ, अहिले सरकारले समेत लगानीको वातावरण बनाएको छ” ढकालले भन्नुभयो “ठूलो कृषि परियोजनाले बाँझो जग्गालाई सदुपयोग गर्दै अर्थतन्त्रमा सघाउछं, राज्यले निजी क्षेत्रको सुझाव मनन गर्न थालेको छ, हामी सकरात्मक छौं ।”

१० अर्ब लगानीको नयाँ कम्पनी सञ्चालनमा ल्याएको बताउदै अध्यक्ष ढकालले अब लगानीको समस्या नभएको बताउनुभयो । उहाँले पर्यटकीय पूर्वाधार, धार्मिक क्षेत्र, शाहसिक पर्यटनमा नेपालको राम्रो संभावना रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung