२० जेष्ठ २०८३, बुधबार

 

चैते दशैं मेलाको तयारी पूरा, मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उद्घाटन गर्नु हुने

बागलुङ । हरेक वर्ष चैत्राष्टमीको अवसर पारेर आयोजना गरिने चैत्राष्टमी मेला बुधबारदेशि शुरु हुँदैछ । मेलामा यसपटक धार्मिक सम्मेलन समेत पनि हुने भएको छ ।

मंगलबार पत्रकार सम्मेलन गरेर सबै कार्यक्रमको तयारी पुरा भएको कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । मेलामा ५५ लाख खर्चको अनुमान गरिएको छ ।

यस वर्ष ऐतिहासिक चैत्राष्टमी मेलामा धार्मिक सम्मेलन समेत जोडेर गर्न थालिएको छ । जस्का लागि १५० भन्दा बढी साधु सन्त आउनेछन् । चैत्र २० गते देखि २५ गतेसम्म चल्ने मेलाको अवसरमा विभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रमको आयोजना गरिएको समितिले जनाएको छ ।

मेलाको उद्घाटन बुधबार दिउँसो एक बजे गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले गर्नुहुने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । मेलाको अवसरमा पहिलो कालिगण्डकी तिर्थ स्नान, कालिका मन्दिर दर्शन, पाठ पारायण, भजन लगाएतको कार्यक्रम तय भएको छ ।

कार्यक्रममा खुल्ला पालिका स्तरीय पुरुष भलिवल प्रतियोतिता, महिला भलिबल प्रतियोगिता,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिता,छेलो प्रतियोगिता लगाएतको कार्यक्रमको आयोजना गरिएको छ । प्रत्येक दिन चर्चित कलाकारहरुको प्रस्तुत रहने आयोजकले जनाएको छ । चैते दशैंभर पाँच लाख दर्शनार्थीले कालिका मन्दिरको दर्शन गर्न आउने आयोजकले अनुमान रहेको छ ।

कार्यक्रम कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षता तथा उपाध्यक्ष निशान खड्काको सञ्चालनमा सम्पन्न भएको थियो

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung