काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल र बुटवलस्थित मोर्डन डायग्नोस्टिक सेन्टर नेपालबीच ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ।
सम्झौताअनुसार बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले मोर्डन डायग्नोस्टिक सेन्टर नेपालमा २० प्रतिशतसम्मको छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।
बैंकले डिजिटल बैंकिङ प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ।
बैंकले हाल २०० शाखा, १६८ एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ।







































































































































































































